वित्तीय मध्यस्थताको कारोवार गर्ने अनुमतिपत्र प्रदान गर्ने कार्य स्थगित गरिएको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिई वित्तीय मध्स्थताको कारोवार गर्न चाहने गैर सरकारी संस्थाहरुलाई प्रस्तावित Second Tier Institutions स्थापना नभएसम्म वित्तीय मध्यस्थता सम्बन्धी कारोवार गर्ने नयाँ इजाजतपत्र प्रदान गर्ने कार्य स्थगित गरिएको र उपरोक्त संस्था छिट्टै संस्थापना गर्ने सम्बन्धमा आवश्यक पहल भई रहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । नेपाल राष्ट्र बैंक |
|---|